६ पुस २०८२, आइतबार | December 21, 2025

आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत



काठमाडौं । आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २-१ ले विजयी भएको हो ।

आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५ औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १-१ गोलको बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको ८१ औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन, जसका कारण बार्सिलोना १-१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २-१ को जीत हासिल गर्न सफल भयो ।

यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ३४ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या