२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : प्रदीप यादव



काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा यादवले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराए ।

सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताए। मुलुकको आर्थिक सूचक जटिल अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कट समाधान गर्न पनि सरकारलाई विश्वासको मत दिनुपर्ने बताए ।

“कूल ग्राहस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ, किसानलाई मलमा अनुदान मात्र दिइएको अवस्था छ । सिँचाइ, बिउमा पनि थप अनुदान दिनुपर्नेछ”, उनले भने, “अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारको ध्यान जानुपर्छ ।”

सेवा क्षेत्रको योगदान पनि घट्दै गइरहेको अवस्था रहेको भन्दै उनले बैंकले प्रवाह गर्ने कर्जा खराब क्षेत्रमा बढ्दै गएको बताए । मुलुकमा व्यापारघाटा बढ्दै गएको अवस्थामा सरकार सञ्चालनमा कठिनाइ हुँदै आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४६ बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०