२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर रू एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो ।

साथै एनआइसी एशियाको रू छ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक शेयर रु पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर सात दशमलब ७३,नयाँ सारथी लघुवित्त छ दशमलव १८, मानुषी लघुवित्त पाँच दशमलव ६७ र विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७७ प्रतिशतले बढेको छ । साथै सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३६, स्वाभिमान लघुवित्त चार दशमलव ७२, सानिमा ग्रोथ स्किम चार दशमलव ४५, विन नेपाल लघुवित्त चार दशमलव शून्य आठ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४९ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव