२८ चैत्र २०८२, शनिबार | April 11, 2026

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण बताए ।

“हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ”, उनले भने ।

उनले पटक-पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक(पटक नआओस् भनी कामना समेत गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : २६ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख