३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कृषि पेशामा दक्ष जनशक्ति उत्पादन गर्न तालिम



भैरहवा । कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजनामा बिउ बिजन उत्पादन, प्रमाणीकरण, तथा बिक्री वितरण सम्बन्धी तालिम दिने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी तालिम सम्बन्धी जानकारी दिइएको हो ।

रुपन्देही जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका एग्रोभेट सञ्चालक जे।टि।ए अध्ययनरत विद्यार्थीहरुलाई कृषिमा आवश्यक पर्ने बिउ बिजन उत्पादन गुणस्तरीयताबारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । तालिम यही चैत्र ८ देखि ११ गते सम्म रहने आयोजकले जनाएको छ ।

उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले रुपन्देही जिल्ला कृषिको हब भएको बताउँदै तालिम पश्चात पाईने प्रमाण-पत्र किशानहरुलाई गुणस्तरीय बिउ बिजन उपलब्ध गराउन आग्रह गरे । उनले भने ‘किसानको मर्म बुझेर काम गर्न सके भने सफलता पाउन सकिन्छ ।’

कार्यक्रमका अध्यक्ष कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले बिउ बिजनको गुणस्तरको अवस्था, बाली सम्बन्धी सम्पूर्ण जानकारी बिउ बिजन उत्पादन गर्न उपयुक्त साधनको विषयमा सहभागीहरुलाई जानकारी गराई दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।

कार्यक्रममा निमित्त प्रमुख शालिग्राम पौडेल, कृषि विकास निर्देशनालयका हरि प्रसाद पण्डित रोशन बस्नेत र करिव १०० प्रशिक्षर्थीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन कृषि प्रवक्ता अनिल कानु बानियाले गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ५० बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा