१८ श्रावण २०८३, सोमबार | August 4, 2026

शुक्लाफाँटामा बढ्दै कृष्णसार



दोधारा चाँदनी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ ।

विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर कृष्णसारको सङ्ख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

गत शुक्रबार सम्पन्न भएको गणनाअनुसार कृष्णसारको सङ्ख्या बढेर दुई सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । पछिल्लो गणनाअनुसार भाले वयस्क ६५ र पोथी वयस्क ८७ वटा कृष्णसार रहेका छन ।

पूर्ण वयस्क नभएका पोथीको सङ्ख्या २३ वटा रहेको छ भने पूर्ण वयस्क नभएका भाले कृष्णसारको सङ्ख्या २४ वटा रहेको छ । त्यसैगरी ५२ वटा पाठापाठी छन । “गत फागुनमा गणना हुँदा कृष्णसारको सङ्ख्या दुई सय ३७ वटा रहेको थियो”, सहायक संरक्षण अधिकृत ऐरले भने, “चैत पहिलो साता सम्पन्न गणनामा यो सङ्ख्या बढेर दुई सय ५१ पुगेको छ ।”

उनले हिरापुर फाँटामा कृष्णसारका लागि पर्याप्त वासस्थान रहेको बताए । “सन् १९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरी यहाँ कृष्णसार ल्याइएको हो”, उनले भने, “सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुआत गरेको कृष्णसारको वासस्थान अहिले करिब ५९ वर्गकिलोमिटर पुगेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ । “यहाँ कृष्णसार बढ्दै छन्, यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ”, उनले भने, “निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।” केही वर्षयता उत्साहजनक ढङ्गले कृष्णसारको सङ्ख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो ।

शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको सङख्या ३६ पुगेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क