२४ आश्विन २०८३, शनिबार | October 10, 2026

जातीय विभेद मानवीय गरिमा विरुद्धको अपराध : प्रदेश प्रमुख परियार



सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकाछन् ।

आज ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताए।

“नेपालको संविधान र कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रुपमा लिदै त्यसलाई निषेध गरेको छ । तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन”, शुभकामना सन्देशमा भनिएको छ ।

यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रुपान्तरण आवश्यक रहेको जनाउँदै प्रदेश प्रमुख परियारले जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्यका लागि दृढतापूर्वक क्रियाशील रहन सबैमा हार्दिक आह्वान गरेका छन् ।

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ । उनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता कायम भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ११ : ४० बजे

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी