९ बैशाख २०८३, बुधबार | April 22, 2026

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित



सिन्ह्वा । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् ।

यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार तीन सय ३२ जना घाइते भएका छन् भने चार सय २७ जना हराइरहेका जनाएको थियो ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । विस्थापित परिवारको व्यवस्थापनका निम्ति तीन सय ३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन् ।

मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु¥याइएको छ ।

देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसतभन्दा अधिक वर्षा भएर प्रभावितमध्येका तीन जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ ।

चक्रवात प्रभावित क्षेत्रको भ्रमणपछि मलावीका राष्ट्रपति लाजरस चकवेरालले विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था एवम् कम्पनीसँग सहायताका निम्ति अपिल गरेका थिए । राष्ट्रपतिको अपिलअनुरुप ती निकायले सहायता परिचालन गरे पनि त्यो पर्याप्त नभएको राहत तथा उद्धारमा संलग्न अधिकारीहरूले गुनासो गरेका छन् ।

यसैबीच, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : १० बजे

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध