२९ असार २०८३, सोमबार | July 13, 2026

चलचित्रले विस्तारै प्रभाव पार्छ : निर्देशक सायमी



काठमाडौं । चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहृका निर्देशक प्रकाश सायमी चलचित्रले विस्तारै प्रभाव पार्ने बताए ।

“कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ । उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ । यो नजानिदो किसिमले हामीमा परिरहेको प्रभाव हो”, निर्देशक सायमीले भने, “चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन् । त्यो केही चलचित्रमा देशले पनि गरेका छन् । यसले केही न केही प्रभाव त छाडेको छ ।” उनले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताए ।

राजनीतिज्ञ डा लीला न्याइच्याईंले नेपालमै समेत भाषा हराउँदै गरेको बताए । “मेरै घरमा बच्चाले नेवार भाषा बोल्न जान्दैनन् किनकी उनीहरूको प्रयोगमा भाषा निकै कम आउँछ । म आफैँ बोल्छु तर लेख्नु सहज छैन । अब आउने पुस्तासम्म मातृभाषा पु¥याउन सहज छैन”, उनले भने, “यो चलचित्रकै प्रभाव हो किनकि नेपालीबाहेक अन्य भाषामा निकै कम चलचित्र बन्ने गरेका छन् ।”

प्रा खड्ग केसीले चलचित्रसम्बन्धी अध्ययन गर्न नेपाल सरकारले नै ध्यान दिनुपर्नेमा जोड दिए । “अन्य देशको आर्थिक अवस्था र पर्यटनमा समेत चलचित्रले टेवा पु¥याउने गरेको छ । हामीकहाँ त्यसको समन्वय नभएको हो कि जस्तो छ । अब व्यवस्थितरूपमै अगाडि बढ्नुको विकल्प छैन”, उनले भने ।

चलचित्रमार्फत निर्माण हुने सोचले कालान्तरमा असर गर्ने निर्देशक सायमीको बुझाइ छ । उनले विद्यार्थीले शिक्षणका लागि रोज्ने देश, घुम्न तय गर्ने स्थानमा समेत चलचित्रको प्रभाव पर्ने गरेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ०९ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले