१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुटिङअगावै ‘हेरा फेरी ४’ कानुनी झमेलामा



मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन् । यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन् ।

अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ । टी सिरिजले निर्माताविरुद्ध कानुनी उजुरी दिएका छन् । टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ ।

सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ । नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपीराइटको एक मात्र एक्सक्लुसिभ हाल्डर भनेको छ ।

‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो । फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ ।

यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो । यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १२ : १२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा