२९ असार २०८३, सोमबार | July 14, 2026

सुटिङअगावै ‘हेरा फेरी ४’ कानुनी झमेलामा



मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन् । यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन् ।

अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ । टी सिरिजले निर्माताविरुद्ध कानुनी उजुरी दिएका छन् । टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ ।

सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ । नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपीराइटको एक मात्र एक्सक्लुसिभ हाल्डर भनेको छ ।

‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो । फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ ।

यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो । यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १२ : १२ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस