७ आश्विन २०८३, बुधबार | September 23, 2026

मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल



नयाँदिल्ली । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैन किनकी उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको छ ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी ९भाजपा०का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुगेका थिए । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेखेका छन ।

फैसला सुन्न बुधबार सुरत पुगेका नेता गान्धीलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘भाजपाको तानाशाही अगाडि काङ्ग्रेस नझुक्ने’ ‘राहुल गान्धी हिन्दुस्तानको सिंह हुनुहुन्छ’ लेखिएका बोकेका ‘प्लेकार्ड’ बोकेका थिए ।

अदालतको फैसला सार्वजनिक हुने वित्तिकै दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले नेता गान्धीको समर्थन गर्दै न्यायालयको निर्णयप्रति असहमति जनाएका छन । “गैर भाजपा नेता तथा पार्टीलाई मुद्दा लगाएर हटाउने षडयन्त्र रचिएको छ ।

काङ्ग्रेससँग हाम्रा मतभेद छ, तर राहुल गान्धीलाई मानहानीको मुद्दामा फसाउनु ठीक होइन । हामी अदालतको समर्थन गर्छौँ तर यो निर्णयमा हामी असहमत छौँ,” जनता र विपक्षी दलले प्रश्न गर्न पाउनुपर्ने तर्क गर्दै मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ३ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज