६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल



भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।

भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।

यस्तै फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्र्तगत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् ।

यसबाहेक वेल्टरवेटअन्र्तगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्र्तगत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।

नेपालको काठमाडौं लगायतका सहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो–नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताए ।

“भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरुको उपलब्धतालगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहाँ आयोजना गर्ने निर्णय गरेका हौँ”, ओबरायले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहाँ निरन्तरता दिने सोच बनाएका छौँ ।”

टाइगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क रु दुई हजार राखिएको छ । प्रतियोगिता करिब तीन सय बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ ।

भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : २० बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस