२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर



बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट फाइदा लिन सक्ने अपेक्षा व्यक्त गरे ।

तिनाउ बासीको स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि संरचना निर्माण तथा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणको योजनामा रहेको बताउँदै उनले समय समय निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ्यको पहुँचमा थप वृद्धि गरिने उल्लेख गरे ।

भौगोलिक विकटता, आर्थिक अभाव तथा जनचेताना अभावका कारण रोग पालेर घरमै बसेका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरीएको उनले बताए । तिनाउमा निर्माण गरिने १५ शैय्याको अस्पताललाई पूर्णता दिँदै तिनाउ पालिका भित्रै विशेषज्ञ सेवासहित स्वास्थ्य उपचार उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

तिनाउ गाउँपालिका र बुटवलको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा तिनाउका विभिन्न वडाबाट ५ सयबढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग तथा नाक कान घाँटी लगायत सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराइएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण कार्कीले जानकारी दिए ।

शिविरमा मेडिटेक हस्पिटलकोतर्फबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सन्तोष रुपाखेती, नाक कान घाँटी रोग विशेषज्ञ डा. प्रकाश बस्नेत, जनरल फिजिसियन डा. सम्भु खनाल, अर्थोपेडिक डा. गोपाल प्रसाद ज्ञवाली, सर्ज डा. भुवन पौडेल, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र पौडेल, अस्तालका मेडिकल अधिकृत डा. रोशन थापा तथा समाज डेन्टल क्लिनिकका दाँत रोग विशेषज्ञ डा. अमिर खानले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा निःशुल्क ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट तथा औषधी वितरण गरिको जनस्वास्थ्य निरीक्षक कार्कीले जानकारी दिए ।

शिविर उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै तिनाउ गाउँपालिका उपाध्यक्ष लाला बहादुर थापाले मानव जीवनका लागि नभई नहुने स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउन थप सर्वसुलभ हुन जरुरी रहेको उल्लेख गरे ।

सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि नगरपालिकाले आफ्नो क्षमता र प्राप्त स्रोत साधानको प्रयोग गरी योजना अघि बढाएको उल्लेख गरे ।

कार्यक्रमको अवसमा बोल्दै प्राविधिक सेवा उपलब्ध गराएको मेडिटके अस्पतालका प्रवन्ध निर्देशक गणेश प्रसाद ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले सहयोग प्रदान गरेको उल्लेख गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : ३४ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक