११ माघ २०८२, आइतबार | January 25, 2026

युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला



लिस्बन । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो ।

युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले राससलाई जानकारी दिए । “विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, श्रेष्ठले भने ।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिने पाठशाला यही नयाँ वर्ष २०८० को आरम्भसँगै सुरु हुने बताइएको छ । पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइने पाठशाला साताको प्रत्येक शनिबार सञ्चालन हुनेछ । समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने समाजले जनाएको छ । पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ ।

अनुभवी नेपाली शिक्षिकामार्फत कखरादेखि नेपाली शब्द, वाक्य, अङ्क लेखन र उच्चारण तथा नेपाली भाषा, कला र संस्कृति सिकाइने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठले बताए । पाठशाला नेपाली समयअनुसार दिउँसो २ः४५ बजे र पोर्चुगलको समयअनुसार बिहान ९ः०० बजे सञ्चालन हुनेछ । विदेशी भूमिमा हुर्केका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन समाजले नेपाली समुदायसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ४७ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा