२१ भदौ २०८३, आइतबार | September 7, 2026

युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला



लिस्बन । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो ।

युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले राससलाई जानकारी दिए । “विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, श्रेष्ठले भने ।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिने पाठशाला यही नयाँ वर्ष २०८० को आरम्भसँगै सुरु हुने बताइएको छ । पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइने पाठशाला साताको प्रत्येक शनिबार सञ्चालन हुनेछ । समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने समाजले जनाएको छ । पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ ।

अनुभवी नेपाली शिक्षिकामार्फत कखरादेखि नेपाली शब्द, वाक्य, अङ्क लेखन र उच्चारण तथा नेपाली भाषा, कला र संस्कृति सिकाइने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठले बताए । पाठशाला नेपाली समयअनुसार दिउँसो २ः४५ बजे र पोर्चुगलको समयअनुसार बिहान ९ः०० बजे सञ्चालन हुनेछ । विदेशी भूमिमा हुर्केका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन समाजले नेपाली समुदायसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ४७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त