३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजले ग¥र्यो रक्तदान कार्यक्रम



बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ ।

बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका उपाध्यक्ष रेशम भण्डारीले बताए ।

कार्यक्रममा समाजका अर्का उपाध्यक्ष मनोज गौतमले अहिले पनि रगत दिन धेरैले आनाकानी गर्ने गरेको बताउंदै रक्तदान जीवनदान हो भन्ने जागरण पैदा गर्नका लागि पनि समाजले रक्तादन कार्यक्रम गर्दै आएको बताए । समाजले यस अघि अप्ठयारामा परेकाहरुलाई सहयोग, विभिन्न आश्रममा खाद्यान्य सहयोग, सरसफाई, पारिबारीक मिलन जस्ता कार्यक्रम गर्दै आएको भन्दै उनले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रम गरेको बताए ।

समाजका सह सचिव रामचन्द्र अर्याल (आर.सी)ले हरेक व्यक्ति १८ बर्ष पुरा भएपछि आफ्नो जन्मदिनमा हरेक बर्ष रक्तादान गरे बजारमा रगतको अभाव नहुने र धेरैको अकालमा मृत्यु हुनबाट बचाउन सकिने बताए ।

गुल्मी जिल्लाको मालिका गाउंपालिका वडा नं. ६ अर्जै बाट विभिन्न पेशा व्यवसाय एवं स्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचाराको विकास गर्ने उद्देश्यले गठन भएको समाजले बार्षिक कार्ययोजना अनुसार विभिन्न कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रसाद अर्यालले गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ४६ बजे

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन