२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’



लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उदेश्यले साेमबार ‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।

उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरी बुद्धको गृहनगर प्राचिन कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन चाँडो गर्न आग्रह गरिन । बुद्धले २९ बर्ष बिताएको कपिलबस्तु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने बताईन ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलबस्तुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदाहरु रहेको तर, उत्खनन हुन नसकेको बताए । अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलबस्तुमा निकै सुुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताए । उनले पुरातात्व विभागलाई उत्खनन गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपार्ठी) ले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताए । उनले तिलौराकोटलाई आगामि सन् २०२४ मा विश्वसम्पदा सूूचीमा सूचिकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरि तयारी गरिएको बताए । उनले कपिलबस्तुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए ।

यस्तै कार्यक्रममा पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि उच्च प्राथिमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खननलाई पनि तिव्रता दिएको बताए । उनले कपिलबस्तुमा अझै ठूलो स्केलमा उत्खनन र देखिने गरि काम गर्नुपर्ने खाँचो रहेको बताए ।

सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराएका थिए । कार्यक्रममा भाषा सस्कृतीका बिषयमा प्यानल छलफल समेत गरिएको थियो ।

आदिवासि जनजातीको भाषा र सस्कृती सम्पदाका बिषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा बर्षा लेखीले सहजीकरण गरेकी थिईन । उत्सवमा थारु कला सस्कृतीहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए । कपिलबस्तुमा प्रत्येक बर्ष तिलौराकोट-कपिलबस्तु सम्पदा हुँदै आएको कोषका कपिलबस्तु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ४४ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित