३० असार २०८३, मंगलबार | July 14, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।

सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् बिस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् बिस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ०४ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१