३० असार २०८३, मंगलबार | July 14, 2026

देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै



त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालु आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

“सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ”, नगरप्रमुख न्यौपानेले भने, “अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।”

नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इञ्जीनियर टीकाराम बस्यालले जानकारी दिनुभयो । सबै वडामा एक-एकवटा अतिविपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नं २, ४, ७, ८, ९, १२, १५ र १६ थप एक-एक वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालु आर्थिक वर्षमा अतिविपन्न परिवारका लागि घर निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करिब रु छ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने इञ्जीनियर बस्यालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ४२ बजे

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ