३० असार २०८३, मंगलबार | July 14, 2026

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवा ५ हजार धरौटीमा रिहा



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ती युवा आज ५ हजार धरौटी बुझाएर रिहा भएका हुन् । रिहा हुनेमा बागलुङका ३० वर्षीय सोम शर्मा, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका छन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएपछि १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : २८ बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको