७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपत्यकाका ३ क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएका हुन्। “विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको”, आदेशमा भनिएको छ ।

आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ । आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए ।

ती तीनवटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज