३ आश्विन २०८३, शनिबार | September 19, 2026

श्रवणदृष्टि विहिन अपाङ्गता बारे अभिमुखीकरण



बुटवल । संचारकर्मीहरुको लागी श्रवणदृष्टी विहीनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टि विहिनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, पत्रकार, शिक्षक, सरोकारवाला लाइ श्रवणदृष्टि विहिन अपाङ्गता समन्धी तालिम, अन्तरक्रिया, कार्यक्रम संचालन गरिएको बताए ।

उनले विगत ३ बर्ष देखि अपाङ्गता सम्न्धी हक अधिकार तथा ऐन कानुन को सहि कार्यन्वयन का लागि स्थानीय निकायसंग पहल र पैरवी कार्यक्रम संचालन, श्रवणदृष्टिबिहिन अपाङ्गता भएका व्यक्ति को आखा र कान को जाच, फिल्ड भिजिट एनडईड फोन मा श्रवणदृष्टिबिहिन अपाङ्गता समन्धी संचार तालिम, ब्रेल तालिम, सांकेतिक भाषा तालिम, बन्दा बन्दी को समयमा आर्थिक समस्या मा परेको परिवार लाइ राहात वितरण गरिएको बताए ।

श्रवणदृष्टिबिहिन अपाङ्गता भएका बालबालिका को परिवार तथा युवा युवतीहरु लाइ गमनशिलता तालिम तथा क्षमता बिकास, संस्थागत विकास तालिम समेत प्रदान गरिएको जानकारी दिए ।

श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरु को लागि शान्ति नमुना मा वि मा श्रोत कक्षा संचालन गरिएको जानकारी दिदै उनले १० जना बालबालिका हरु लाइ भर्ना गरी पठनपाठन कार्यबिगत २ वर्ष देखि सुुरुवात गरिएको बताए ।

श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिका हरुको अभिभावकहरुको संस्था जिल्ला प्रशासन कार्यालय मा दर्ता गरि तिलोत्तामा नगरपालिका सुचिकृत गरि मा संगठित संस्थाको रुपमा संस्था संचालन गरिएको उनको भनाई छ ।

कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै बहिरा महासंघ नेपालका श्रवण दृष्टिविहिनको शिक्षा मा पुहँच परियोजना संयोजक शंकर सिंह चैसिर ले नेपालमा हाल १० हजार १ सय ७९ जना श्रवणदृष्टि विहिनभएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि श्रवणदृष्टि विहिनताको बारेमा जनचेतना फैलाउन सञ्चारकर्मीको भुमिका ठुलो हुने बताए ।

यस्तै श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा ल्याउन, श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई नेपाल सरकारका निति तथा कार्यक्रममा समावेश गराउन र सरकारले दिंदै आएको सेवा सुविधा, परिचय पत्र प्राप्तको लागि र श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुको सुचना तथा संचारका लागि सरकारको ध्यानाकर्षण गर्न मिडियाले ठुलो भूमिका खेल्न सक्ने बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेको जानकारी दिदै चैसीरले लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको बताए ।जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।

यस्तै रुपन्देही जिललामा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २ सयस १६ जना रहेका छन् । जसमा महिला ९९ जना र पुरुष १ सय १७ जना रहेका छन् । जसमा ३९ जनाले परियोजना मार्फत घर घरमा आधारित सेवा तथा स्रोत कक्षामा सहभागी रहेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य शिला घिमिरेले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुबै आँखा नदेख्ने, दुबै कान नसुन्ने श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको अधिकारका लागि उनीहरुको सहज जिवन यापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताईन । उनले श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुलाई अहिले पनि घर परिवारमा घर भित्र नै सिमित गर्ने उनीहरुको अधिकार कुन्ठीत पार्ने काम भएको भन्दै जुन कार्य गलत भएको बताईन ।

रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले संघ मातहतमा जिल्लामा ३ बर्ष सम्म श्रवणदृष्टि विहिनताभएका व्याक्तिहरुको लागि काम गरिएको बताउँदै जसबाट १० जना बालबालिकाहरुले नेपालकै पहिलो श्रवणदृष्टि विहिनता भएका विद्यार्थीको विशेष शिक्षा सञ्चालन गरिएको शान्ती माविमा थेरापी सहितको सिकाईं काम गरिएको बताए । उनले सबै पालिकाहरुले पायक पर्ने स्थानमा यी र यस्ता वालवालिका/व्याक्तिहरुका लागि स्रोत कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको हक, अधिकार सहित समाजमा पुर्नस्थापानका लागि सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिगए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ३५ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज