५ चैत्र २०८२, बिहिबार | March 19, 2026

रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच



बुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांच गरिएको हो ।

आँखा जाँच अघि आयोजित संक्षितप्त शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा। बालकृष्ण चापागाईले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरि महासंघले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।

कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका सभापती कमलराज जोशीले देशैभर पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने समझदारी अनुसार रुपन्देहीमा शिविर गरिएको बताए । उनले पत्रकारहरुले समाजका लागि निकै महत्वपूर्ण काम गरेको बताउँदै नेत्रज्योती संघको ४५ औं स्थापना दिवसको अवसर पारेर सहकार्य गर्न पाउदा खुशी लागेको बताए ।

त्यस्तै लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा. डा. ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरु दैनिक रुपमा कप्यूटर, ल्यापटप जस्ता उपकरणसँग खेल्नुपर्ने भएकाले महासंघको केन्द्रीय कार्यक्रम अनुसार आँखा शिवर राखिएको बताए ।

रुपन्देहीका पत्रकारहरुका लागि आयोजना गरिएको निशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन । यसमध्ये ५८ जनालाई औषधी र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । शिविरमा नेत्रज्योती संघ रणअम्बिका आँखा अस्पताल भैरहवाका बरिष्ठ नेत्र अधिकृत एंव कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ३७ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८