२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डाबारे छलफल हुने



काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो ।

बिहान ९ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी २-२, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई १-१ तथा स्वतन्त्र सांसदलाई १ मन्त्रालय दिने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल नभइ दलहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका नेताहरुले जनाएका छन् । स्रोतका अनुसार मंगलबारको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले ३-३ र लोसपाले २ मन्त्रालयमा दाबी गरेका छन् । मंगलबार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ३२ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने