३० असार २०८३, मंगलबार | July 14, 2026

बारामा माओवादीलाई झड्का, शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश



काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं गत निर्वाचनमा बारा क्षेत्र नं. २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै कुशवहाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शवहा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा–२ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । उनी बैशाख १० गते हुने उपनिर्वाचनमा माओवादीको तर्फबाट मुख्य दाबेदार थिए ।

माओवादीले सो क्षेत्र जसपाकै अध्यक्ष उपेन्द्र यादवलाई दिने देखेपछि उनी पार्टीबाट बाहिरिएका हुन् । उनले माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएको पत्रकार सम्मेलनमा बताए ।

उपनिर्वाचनमा कुशवाहाले अब जनमत पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : २६ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता