१ पुस २०८२, मंगलबार | December 16, 2025

बारामा माओवादीलाई झड्का, शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश



काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं गत निर्वाचनमा बारा क्षेत्र नं. २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै कुशवहाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शवहा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा–२ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । उनी बैशाख १० गते हुने उपनिर्वाचनमा माओवादीको तर्फबाट मुख्य दाबेदार थिए ।

माओवादीले सो क्षेत्र जसपाकै अध्यक्ष उपेन्द्र यादवलाई दिने देखेपछि उनी पार्टीबाट बाहिरिएका हुन् । उनले माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएको पत्रकार सम्मेलनमा बताए ।

उपनिर्वाचनमा कुशवाहाले अब जनमत पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : २६ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच