२२ भदौ २०८३, सोमबार | September 8, 2026

नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने



काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

“हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ”, अध्यक्ष लामाले भने । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको बाह्र घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ ।

अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको व्यवस्था अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएको बताए। “कार्यान्वयनका लागि सम्बन्धित संस्थासँग सहकार्य र छलफल गर्नेछौँ”, अध्यक्ष लामाले भने। नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै छायाङ्कन गर्न आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियम ल्याउँदैछ । नेफ्टाको निर्णय २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी छ ।

नेफ्टा अगाडि नै नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत संगीतको भिडियोमा नृत्य गर्ने कलाकारको आगामी वैशाख १ गतेदेखि पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिसकेको छ । सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले चलचित्रमा गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको थियो । यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक र म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको सङ्घले जानकारी दिएको थियो । सबैले आ–आफ्नै तरिकाले पारिश्रमिक बढाउँदा त्यसको असर चलचित्र निर्मातालाई पर्ने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।

“यसरी नै सबैको पारिश्रमिक बढ्ने हो भने निर्माताले काम गर्ने वातावरण असहज हुन्छ । बढाउनुपर्ने पारिश्रमिक बढाउन हामी तयार छौँ । तर निर्णय गरेर छलफल गर्नेभन्दा पनि छलफल गरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो”, अध्यक्ष खड्काले भने । उनले सङ्घको आधिकारिक धारणा कार्यसमिति बैठकले निर्णय गरेर गर्ने जानकारी दिए। निर्माताहरू चलचित्र निर्माणमा लागत बढेको भन्दै छायाङ्कन रोक्नेसम्मको निर्णय गर्ने सक्ने छलफलमा छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : २२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार