२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने



नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ ।सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएसँगै भेरीमा एमडी/एमएसको पढाई हुने भएको हो ।

संघीय अस्पताल भएपनि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन नपाइरहेको अवस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पताललाई आंगिक अस्पतालका रुपमा स्वीकृत दिएको हो । अवदेखि वीर अस्पतालमा एमडी/एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भएपनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा।राजन पाण्डेका अनुसार भेरी अस्पतालको मातहतमा वीर अस्पतालबाट भर्ना लिएकाहरुले एमडी/एमएसको अध्ययन पूरा गर्नेछन् । योसँगै भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने डा. पाण्डेले विश्वास व्यक्त गरे ।

न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि संचालनका लागि गएको फागुन २२ गते भेरी अस्पतालका मेसु डा. बद्रि चापागाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । पत्र पठाएको तीन सातापछि सरकारले शैक्षिक गतिविधि संचालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो ।

यसअघि भेरी अस्पतालमा केही समय सिमित बिषयहरुमा एमडीरएमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिएपनि त्यो नियमित हुन सकेको थिएन् ।

पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालले जनाएको छ

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ४५ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका