१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र



नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने दोषीमाथि कारवाही र सुरक्षाको पूर्ण ग्यारेन्टीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आज दोस्रो दिन पनि भेरी अस्पतालको ओपीडी सेवा बन्द भएको छ । सुरक्षाके माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि अस्पतालको ओपीडी सेवा आज पनि बन्द भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे लगायतका चिकित्सकहरुमाथि हातपातको प्रयास, ज्यान लिने धम्की, दुव्र्यवहार गरेपछि मंगलवारदेखि चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलित बनेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ अनुसार पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न २ जना विरुद्ध किटानी जाहेरी दिइएको भेरी अस्पतालका मेसु डा. सुवेदीले बताए । उनीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही हुनुपर्ने र स्वास्थ्यकर्मीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था नरहेको सुवेदीले बताए ।

गत बैशाख ६ गते अस्पतालमा भर्ना भएकी विकको १३ गते उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै आएका छन् । उनीहरुले पनि उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

भेरी अस्पतालमा चिकित्सकहरुमाथि भएको घटनाको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ भेरी शाखाले पनि भर्त्सनाना गरेको छ । संघले दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आज बेलुकासम्म माग माग सम्वोधन नभए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सी बाहेकका सेवाहरु वन्द गर्ने शाखा अध्यक्ष डा. रुपानन्द अधिकारीले बताए ।

बाँके बर्दिया, दाङसहित कर्णाली र सुदूरपश्चिमको समेत रिफर सेन्टरकारुपमा रहेको भेरी अस्पतालको ओपीडी सेवा वन्द भएपछि उपचारका लागि अस्पताल आइपुगेका बिरामीहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ११ : ४२ बजे

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन