१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द



नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेको भन्दै भेरी अस्पताल, नेपालगन्जका चिकित्सकहरुले कामकाज बन्द गरेका छन् । उपचारका क्रममा मृत्यु भएकी एक महिलाका विषयमा सोमबार देखि नै अस्पतालमा तनाव रहँदै आएको छ ।

बाँके बैजनाथ-६ की ६२ वषिैया महिला दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले सोमबार बिहानैबाट अस्पताल परिषर भित्र विरोध जनाउँदै आएका छन् । उनीहरुले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीबाट विरामीको मृत्यु भएको भन्दै क्षतिपुर्ती र चिकित्सकमाथि कारवाहीको माग गर्दै आएका छन् ।

मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै उपचारका लागि अस्पताल आएकोमा उपचारका क्रममा चिकित्सकको कमजोरी र अस्पतालको लापरवाहीबाट उनको मृत्यु भएको आफन्तहरुको भनाई छ । उनलाई भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालको निगरानीमा उपचार सुरु गरिएको थियो । डा. विकासको निगरानीमा उपचार चलिरहेका अवस्थामा डाक्टरले जुनियर कर्मचारीको जिम्मा लगाएर आफु नेपालगन्ज बाहिर गएको कारण विरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

पीडितको पक्षबाट प्रहरीमा उजुरी दर्ता गर्ने र छानबिनका लागि मेडिकल काउन्सिलमा निवेदन दिने सहमतिमा मृतकको शव आफन्तले बुझ्ने क्रममा आफन्तहरु मध्यबाट अस्पतालका प्रमुख, चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुमाथि अभद्र व्यवहार भएपछि प्रहरीले अस्पताल प्रमुख सहित केही चिकित्सकहरुलाई सुरक्षित जिल्ला प्रशासन कार्यालय पुर्याएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले काम गर्ने वातावरण नभएको तथा मनोबल घटेको भन्दै ओपिडी सेवा बन्द गरेका छन् ।

उपचारका क्रममा एक जनाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार पनि दिनभरजसो तनावको अवस्था सिर्जना भएको थियो । सोमबार समस्या समाधानका लागि संवाद पहलमा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतलाई चिकित्सकको पक्ष लिएको भन्दै आफन्तहरुले अभद्र व्यवहार गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ०८ बजे

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि