२७ जेष्ठ २०८०, शनिबार | June 11, 2023

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक



काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक बसिरहेको छ ।

बुधबार आज बिहान बसेको बैठकमा सहमति जुट्न नसकेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

अहिले बसिरहेको बैठकमा मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भैरहेको बताइएको छ ।

बैठकमा सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् । उनले आज बिहानको बैठकमा सबै दलबाट एक एक जना मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन तीन मन्त्री एवं अन्य साना पार्टीले दुईदुई मन्त्रीको मागमा अडान कायमै राखेपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको थियो ।

यद्यपी, एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : १५ बजे

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु

प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान