३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ ।

केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले तहगत दरबन्दी नभएका एक दर्जन स्कुल रहेको बताए । उनले मावि र निमाविमा दरबन्दी अभाव रहेको जानकारी दिए ।

पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । खजुरामा १५ वटा मावि, ४ वटा निमावि, प्रावि र मदरसासहित ४७ वटा स्कुल छन् ।

माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : ४१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका