३० असार २०८३, मंगलबार | July 14, 2026

प्रचण्ड मन्त्रिपरिषदले आज पूर्णता पाउँदै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले आज पूर्णता पाउने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफँटको सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार आजलाई सरेको हो ।

शुक्रबार बिहान सत्ता साझेदार दलका नेताहरुसँग छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।

हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।

दलहरुबीच संख्याका विषयमा सहमति जुटेपनि उकै मन्त्रालयमा धेरैदलको दाबी आएपछि कुरा मिल्न नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयका विषयमा टुंगो लागेपनि अन्य मन्त्रालयहरुमा एक भन्दा बढी दलको दाबी आएको छ । अर्थ र रक्षा कांग्रेसले तथा गृह र सञ्चार माओवादी केन्द्रले लिने दलहरु सहमत भईसकेका छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३८ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित