काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् ।
पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि खानले मन्त्रीपदबाट राजीनामा दिएका हुन् ।
खानले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । जनमत पार्टीले यसअघि पनि उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । उद्योग मन्त्रालय नपाए दुई वटा मन्त्रालय पाउनुपर्ने सो पार्टीको माग थियो ।



















प्रतिक्रिया