७ भदौ २०८३, आइतबार | August 24, 2026

तनहुँ र चितवनमा एमालेले खनाल र न्यौपानलाई चुनाव लडाउने



काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ र चितवनको उम्मेदवारको नाम टुंगो लगाएपनि बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पार्टीले अघिल्लो निर्वाचनका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका लोकप्रिय मानिएका एमाले नेता किरण गुरुङलाई उपचुनावमा उम्मेवार बन्न भनेपनि उनीहरुले अस्विकार गरेपछि पूर्वप्रहरी महानिरीक्षक समेत रहेका खनाललाई एमालेले उम्मेदवार बनाएको हो । खनालले उम्मेदवारीका लागि एमाले कार्यालयमा निवेदन नै बुझाएका थिए ।

गत निर्वाचनमा काठमाडौं ६ मा एमाले उम्मेदवार बनेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

चितवन २ मा उम्मेदवार छानिएका न्यौपाने भने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीको सिफारिस अनुसार नै न्यौपानेलाई उम्मेदवार बनाइएको हो ।

नेपाल स्वतन्त्र पार्टीबाट तनहुँमा डा. स्वर्निम वाग्ले, चितवनबाट रवी लामिछाने र बाराबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् भने माओवादीले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : १२ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना