१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपाल औषधि व्यवसायी संघ रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन



बुटवल । नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको लुम्बिनी प्रदेशका स्वस्थमन्त्री बिष्णु प्रसाद पन्थीले कार्यक्रमको उद्घाटन गर्दै आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्स सबैको आआफ्नो भुमिका र महत्व रहेको बताए ।

ब्यवसायिक हकहितको विषयमा संस्थागत पहल गर्नेमात्र नभई उपभोक्तामैत्री सेवा गर्न उनले सुझाव दिए । सरकारी अस्पतालसहित सबै अस्पतालमा फार्मेसी काउन्सिलर अनिवार्य गर्ने प्रदेश सरकारको निर्णय गरिएको उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख भरतमणी पाण्डेले औषधी विशेष प्रकृतिको ब्यवसाय भएको बताए । कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले आर्थिक वर्षको प्रगती बिवरण पेश गर्दै ब्यवसाय हकहितसंगै समाजमा औषधिको सहि प्रयोग बारे सचेतना कार्यक्रममा जोड दिएको बताए । वर्षभरि नै ब्यवसायीहरुलाई सीप अभिवृद्धि तालिमहरु चलाएको उनले बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल, औषधि ब्यवस्था विभागका वरिष्ठ अधिकृत सन्जिव शर्मा कट्टेल, नेपाल औषधी ब्यावसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, संघका उपाध्यक्ष खड्ग बहादुर बस्नेत, संघका विशेष सल्लाहकार बाबुराम भट्टराई, रोहितराज क्षेत्री, नेपाल औषधि ब्यवसायी संघ केन्द्रका (खुद्रा) रामप्रसाद खरेल, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, नेपाल औषधी ब्यावसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, दाङ शाखाका अध्यक्ष विष्णु प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले मानव जिवनको स्वस्थ संग प्रत्येक्ष जोडिएको ब्यवसाय हुदा विशेष सर्तरता अप्नाउनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट उत्कृष्ट औषधी ब्यवसायी तेजराज राजभण्डारी, असल औषधी ब्यवसायी खुद्रातर्फ निश्चल फार्मेसीका पवित्रा पन्थी, थोक खेम ईन्टरप्राईजेजका ओमी पुनलाई सम्मान गरिएको थियो । स्वस्थ्य पत्रकारिताबाट पत्रकार विकास पराजुली, संघका कासस कृष्ण शर्मा पोखरेललाई सम्मानित गरिएको महासचिव पुरुषोत्तम भट्टराईले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ४८ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल