१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बुटवलमा चैत २४ र २५ गते प्रदेशस्तरीय मेयर कप खुल्ला तेक्वान्दो प्रतियोगिता हुने



बुटवल । बुटवलमा दोस्रो प्रदेशस्तरीय मेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बुटवल तेक्वान्दो ब्लाकबेल्ट कमिटीको आयोजनामा दोस्रो प्रदेशस्तरीय मेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुने लागेको हो ।

लुम्बिनी प्रदेशभित्र छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको प्रतिभाको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा बुटवललाई चिनाउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यही चैत २४ र २५ गते बुटवलमा आयोजना हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा क्योरुगी विधातर्फ १४ स्वर्ण, १४ रजत र २८ काश्य, पुम्से विधातर्फ, १६ स्वर्ण, १६ रजत र १६ कास्य गरी कुल १०४ पदकको लागि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक मदन थापा मगरले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशभरीका करिव ४०० खेलाडीले प्रतिष्पर्धा गर्ने उनले बताए ।

यो प्रतियोगितामा यस क्षेत्रमै पहिलो पटक पिएसएस (पावर सेन्सर सिस्टम) प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । यो प्रविधिको प्रयोगले खेलाडीका हात, खुट्टा, टाउको लगायतका अङ्गहरुमा सेन्सर जडान गरिन्छ भने उक्त सेन्सरको माध्यमबाट खेलाडीले टस गरेका आधारमा नम्बर प्राप्त हुन्छ । साथै यो प्रविधिको प्रयोग गरेपछि खेलाडीले पावर हिट गर्न पर्नेहुँदा चोटपटक लाग्ने सम्भावना पनि कम हुन्छ भने मुल्याङ्कनमा समेत निस्पक्ष र सहज हुन्छ ।

यसअघि बुटवल तेक्वान्दो कमिटीले २०७८ मा प्रथम जिल्लास्तरीय तथा दोस्रो मेयरकप खुल्ला तेक्वान्दो प्रतियोगिता २९७८ गरेको थियो भने त्यसअघि राष्ट्रिय मेयरकप प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।

यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ४२ हजार ७५० रुपैँया बजेट अनुमान गरिएको संस्थाका अध्यक्ष नविनकुमार रानाले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट २ खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै हालै सम्पन्न नवौं राष्ट्रिय खेलकूदमा २ कास्य पदक बिजेता तेक्वान्दो खेलाडीहरुलाई नगद तथा सम्मानपत्रले सम्मान गरिने पनि रानाले बताए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल