७ पुस २०८२, सोमबार | December 22, 2025

विद्युत प्राधिकरण कर्मचारी युनियनको प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम



बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

शनिबार अयोजित युनियनको प्रदेश स्तरीय भेला तथा नेपाल विद्युत प्राधिकरणको वर्तमान अवस्था, चुनौती र युनियनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया बोल्दै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले ठूला विद्युत परियोजनाहरुमा नेपाली जनता तथा सरकारको लगानी हुनुपर्नेमा जोड दिएका छन् ।

अधिकांश ठूला परियोजनाहरुमा विदेशी कम्पनीहरुको लागनी रहेको बताउँदै उनले ती आयोजनाहरुमा नेपाली जनताका लागि पनि सेयर निस्कासन गर्नुपर्नेमा जोड दिए ।

विद्युत प्राधिकरणमा आवद्ध कर्मचारीहरुलाई ठूला परियोजनाहरुमा सेयर लगानीको अधिकार प्रदान गर्नुपर्ने बताउँदै उनले नेपाल सरकार र सबै नेपाली जनताहरुले ठूला परियोजनाहरुमा सेयर लगानी गर्न पाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

हाल रुग्ण, न्यून क्षमता भएका आयोजनाहरु मात्रै विद्युत प्राधिकरणको स्वामित्वमा रहेको बताउँदै ठूला सबै परियोजनाहरुमा विदेशी बहुराष्ट्रिय कम्पनीको स्वामित्व रहनु मुलुकका लागि राम्रो नभएको उल्लेख गरे ।

फरक प्रसङ्गमा अध्यक्ष पौडेलले प्राधिकरण सम्बद्ध कर्मचारीहरुको सेवा सुविधाहरु कुण्ठित हुँदै गएको गुनासो गरे । विद्युत प्राधिकरणले सफलता प्राप्त गर्दै जाँदा केही व्यक्ति र हाकिमहरु मात्रै सेलिब्रेटीका रुपमा परिचित हुने तर भुँइतहमा काम गर्ने कर्मचारीका समस्या बारे गम्भिर नहुने समस्या रहेको उनले बताए ।

यसैगरी बजेटको विनियोजन वैज्ञानिक हुन नसक्दा चाहेको सेवा सुविधा उपलब्ध गराउन नसकिएको उनले बताए । भौगोलिक विकटता, पूर्वाधारको अवस्था लगायतका कुराहरुलाई नबुझी हचुवाका भरमा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या देखिएको बताए ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका निर्देशक नवराज वझाले विद्युत सेवालाई थप गुणस्तरीय बनाउने तथा चुहावट नियन्त्रणमा पूर्व प्रतिवद्ध भएको उल्लेख गरे ।

प्राधिकरणमा आवद्ध कर्मचारीहरुका कतिपय समस्याहरु समाधान हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको उनले उल्लेख गरे । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष टेक बहादुर बुढाले सवा प्रभाव छिटो छरिटो हुनु पर्नेमा जोड दिए ।

यसैगरी विद्युत प्राधिकरणका कार्यालय प्रमुखहरु जिम्मेवार रहन सुझाब दिए । राजनीतिक हस्तक्षपका कारण प्राधिकरणमा प्रयाप्त सुधार गर्न अझै पनि बाँकी रहेको बताउँदै उनले यसभित्र निस्पकक्ष र राजनीतिक पूर्वाग्रह विनाको ट्रेड युनियनको खाँचौ औल्याए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ५९ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका