३० असार २०८३, मंगलबार | July 14, 2026

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ । काठमाडौं । राहदानी दुरुपयोग गरेको विषयमा रवि लामिछाने विरुद्ध मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यद्यपी, रिट दर्ता अझैसम्म भएको छैन ।

पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग रिट निवेदनमा माग गरेका छन् । लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्न विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको रिटमा माग गरिएको छ ।

पौडेलले रिट निवेदनमा आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने आधार हुँदा हुँदै महान्यायाधिवक्ताले लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको जिकिर गरेका छन् ।

महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर निष्कर्ष निकालेको पनि पौडेलले रिटमा दाबी गरेका छन् ।

रिटमा दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले माग गरेका छन् ।

पौडेलकै रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लामिछानेको नागरिकता खारेज गरिदिएपछि गुमेको चितवन–२ को सांसद पदका लागि उपनिर्वाचनबाट पुनः लामिछाने रास्वपाबाट उम्मेदवार बनेका छन् । पौडेलको रिट अध्ययनकै चरणमा रहेको र दर्ता भइ नसकेको पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : १८ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट