३० असार २०८३, मंगलबार | July 14, 2026

बारा-२ मा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने



काठमाडौं । आन्तरिक खिचलोका कारण उम्मेदवारको नाम तय गर्न नसकेको नेकपा एमालेले मनोनयन दर्ताको केही घण्टा अगाडि मात्र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले बारा २ को उप निर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आन्तरिक विवाद र उम्मेदवारमा धेरै आकांक्षी खडा भएपछि एमालेले उम्मेदवारको नामबारे निर्णय गर्न सकेको थिएन । पार्टी विभाजन अघि माधव नेपाललाई सघाएको भन्दै पौडेललाई उम्मेदवार बनाउन नहुने मत उठेपछि निर्णयमा ढिालाई भएको एमाले बाराका एक जिल्ला नेताले बताए ।

गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।

बारा २ सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

एमालेबाट पूर्व खेलकुद मन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिए पनि एमाले विभाजन भएपछि भने एमालेमै बस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ५६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति