१४ भदौ २०८३, आइतबार | August 30, 2026

ड्रिमल्याण्ड गोल्ड रिर्सोटको १३ औ वर्ष : सातै प्रदेशमा आउटलेट खोल्ने घोषणा



बुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान समेत गरिएको छ ।

वार्षिक उत्सव समारोहमा बोल्दै होटलका अध्यक्ष गोपाल रानाले ड्रिम ग्रुपले देशका सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको घोषणा गरे । उनले रूपन्देहीमा स्थापनाभई होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको ड्रिम ग्रुपले आउटलेट खोल्ने योजना अभियानकै रूपमा अगाडी बढ्ने बताए । अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भएपनि अभियानबाट अव नरोकिने उनले बताए ।

कार्यक्रममा अध्यक्ष रानाले १३ औ बर्षिक उत्सवको अवसरमा केक काटेर सेलिब्रेसन गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा रिर्सोटमा कार्यरत कर्मचारीहरू मध्ये विभिन्न विधामा कार्यरत १८ जना कर्मचारीहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

हाल ड्रिम ग्रुप अन्तर्गत ड्रिमल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रूपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा रहेको छ ।

कार्यक्रममा सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का सहित होटलका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ०२ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका