६ पुस २०८२, आइतबार | December 21, 2025

मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० बर्ष यताकै सबैभन्दा उच्च



इस्लामावाद । सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।

उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ । गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पु¥याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताए । पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

कोभिड-१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : ४१ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन