३० बैशाख २०८१, आइतबार | May 12, 2024

सेयर बजार १६.६७ अंकले घट्याे



काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। साेमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ । यसको ३ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसि एसियाको २ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता १३ उपसुचकहरु मध्ये ट्रेडिङ सुचक बाहेक सबै उपसुचकहरुमा ओरालो लागेको छ । साेमबारको कारोबारमा कालिनचोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ०६ बजे

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक

आजको मौसम : आज चार प्रदेशमा दिनभर वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी