९ बैशाख २०८३, बुधबार | April 22, 2026

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने



रियाद । साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औं ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो । मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ४७ बजे

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र