३० असार २०८३, मंगलबार | July 14, 2026

श्रीलङ्कामा पर्यटक आवागमनमा वृद्धि



कोलम्बो । श्रीलङ्काले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताए ।

फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलङ्काले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको बताए । सन् २०१९ पछि पहिलो पटक श्रीलङ्काले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उनले दिए ।

श्रीलङ्काले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । चीनमा बढ्दो उडान र प्रवद्र्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उनले बताए ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड-१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरासायी भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ०१ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट