८ पुस २०८२, मंगलबार | December 23, 2025

महोत्तरीका मिटरब्याज पीडित फर्किए, सिराहाबाट आएकाद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । मिटरब्याजपीडितले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्को मिटरब्याजपीडित टोली पनि काठमाडौं आइपुगेको छ । यसअघि महोत्तरीबाट हिँडेर आएका प्रदर्शनकारीसँग सरकारले सम्झौता गर्दै यससम्बन्धी उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको थियो ।

जसले सोमबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका छन् । सिंहदरवार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरुले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरु शान्तिबाटिकामा बस्ने भएका छन् ।

गत शनिबार सरकारले पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साथै सरकारले आयोग गठन गरे मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । यसबारे आइतबार संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए ।

तर, पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार भएको प्रदर्शनमा राजनीतिक दलको झण्डासमेत प्रयोग भएको छ । सोमबार काठमाडौंमा आएका मिटिरब्याजपीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर सोमबार पीडितहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ०२ बजे

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल