८ पुस २०८२, मंगलबार | December 23, 2025

रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले मंगलबारलाई पेसी तोकेको छ ।

लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन् । आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो । रिटको पेसी मंगलबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

लामिछानेले अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोग गरी राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता पौडेलले नै गृह मन्त्रालयमा उजुरी दिएका थिए । उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको थियो । सोही उजुरीका आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको प्रकरणमा अनुसन्धान गरेको थियो ।

अनुसन्धान सकेर प्रहरीले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको रायमा सहमति जनाउँदै सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पछि उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । यसअघि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गर्दै पुनस् नागरिकता लिन आदेश गरेको थियो । सर्वोच्चको उक्त फैसला अनुसार लामिछानेले पुनस् नागरिकता लिएका थिए ।

नागरिकता विवाद मंसिर ४ मा भएको निर्वाचन अघि नै आएपनि उनी चितवन-२ बाट उम्मेदवार हुँदै निर्वाचित भएका थिए । तर, सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए ।

निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । बैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ । त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । रविले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०८ बजे

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि