३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालगन्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो



नेपालगन्ज । वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाइएको छ । नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताए । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ ।

“नालाको माथिल्लो तहसम्म माटोले पुरिएको र त्यसका कारण पानीको सतह नै हराएको अवस्थामा पाइयो”, उनले भने । पानीको निकास थुनिएपछि जाम हुने उल्लेख गर्दै प्रमुख विष्टले सङ्घीय सरकारबाट आएको विशेषज्ञ टोलीले अध्ययन गरेपछि उपकरण प्रयोग गर्न नसक्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए ।

“समय–समयमा मुख्य नालाको सफाइ गरे यसले नेपालगन्जको डुबानको समस्या समाधान हुन्छ भन्ने लक्ष्यले यो काम सुरु गरेका हाँै”, उनले भने, “मुख्य नालासँग जोडिएका नाला विभिन्न नालासँग जोडिएका छन ।” ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडाका नालामात्रै सरसफाइ भए त्यसले यहाँ हुने डुवानको समाधान हुने विशेषज्ञ टोलीले उपमहानगरलाई सुझाव दिएको छ । उक्त सुझावका आधारमा ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडासँग जोडिएका नालाको अवरोध हटाइने उपमहानगरले जनाएको छ।

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर प्रत्येक चारदेखि पाँच मिटरको दुरीमा कटिङ गरेर पुनः सफा गर्न मिल्ने गरी काम गरिएको छ । आगामी जेठ मसान्तसम्ममा नेपालगञ्जमा रहेका ठूला र साना नालाको सफाइको काम पूरा हुने जानकारी दिँदै प्रमुख विष्टले रु १० का दरले तीन वटा प्याकेजमा काम भइरहेको बताए । कतिपय ठाउँमा देवाल भासिएको र त्यसबाट नाला जाम भएको र त्यसलाई क्रेनमार्फत पनि हटाइएको छ ।

फोहरमैला व्यवस्थापनमा नागरिकको सहभागिता अनिवार्य भएकोमा जोड दिँदै उनले फोहर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । नेपालगन्ज उपमहानगरपालिका(१० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताइन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : २० बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६