९ मंसिर २०८३, बुधबार | November 25, 2026

पोखरा-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश



पोखरा । उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ ।

सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए ।

सो निवेदनमाथि आज सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले एक हजार छ सय ४३ र थापाले एक हजार छ सय ४० मत पाएकोमा तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो । थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : १० बजे

Your email address will not be published.

दानबहादुर कार्कीलाई दिएन सर्वोच्चले अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार

Chinese Delegation Reviews Hybrid Rice Demonstration at AFU, Strengthens Agricultural Cooperation Chitwan

Kathmandu: A Chinese agricultural delegation and representatives of Agriculture and

सर्वोच्चले सरकारसँग आनी छोइङलाई लुम्बिनी विकास कोषमा नियुक्त गर्नुको जवाफ माग्यो

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर

हिमताल जोखिमबाट जोगाउन ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’

काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु