४ आश्विन २०८३, आइतबार | September 20, 2026

गायक राजेशपायल राई नगर सद्भावना दुत नियुक्त



खोटाङ । चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत नियुक्त भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो ।

‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा नगर सद्भावना दुत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश-विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञा समुह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।

नगरपालिकामा देशका बरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : १२ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी